हिमाल दैनिक
कांग्रेसका डम्बरसँगको मतान्तर निरन्तर बढाउँदै सुहाङ, मुडाले पछ्याउँदै रुखलाई

इलाम–२ मा हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निरन्तर अग्रता लिँदै मतन्तर पनि बढाउँदै लगेका छन्।

शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनामा अहिलेसम्म गणना भएको ३२ हजार १ सय ९४ सदर मतमध्ये नेम्बाङले १३ हजार ६९ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३ सय ८६ मत ल्याएर पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजरा ९८ मतका साथ तेस्रो स्थानमा रहेर उनीहरुलाई पछ्याइरहेका छन्।

छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा छाउन सफल उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङयाङ लिम्बले १७ सय १३ मतका साथ चौथो स्थानमा रहेका छन्।

पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन पश्चात रिक्त रहन पुगेको इलाम–२ मा शनिबार सम्पन्न निर्वाचनमा ६९ हजार २ सय ८७ मत खसेको थियो।  

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update