कास्की -२ मा पुरुषभन्दा चार हजार बढि भोट महिलाले खसाए!
प्रतिनिधि सभाको रिक्त पदका लागि आज भएको उपनिर्वाचनमा ६५.४० प्रतिशत मत खसेको छ। शनिबार कास्कीमा क्षेत्र न २ मा भएको उप-निर्वाचनमा कुल ७१८७१ मा २०७८४ पुरुष र २४७७९ महिला गरि कुल ४५५६३ मत खसेको छ।
२०७४ सालको चुनाबको तुलानामा अहिले झन्डै ५ हजार कम मत झरेको छ।
कास्की जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालयमा तार जालीले घेरेर सीसी क्यामेरा जडान गरिएको मतगणना स्थल तयारी अवस्थामा राखेको छ।
कार्यालयका अनुसार, साँझ ८ बजे सर्वदलीय बैठक पश्चात राती १०:३० बजेबाटै मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय