गर्ववती शिक्षिकालाई विदाको सट्टा मानसिक यातना दिने प्राचार्यमाथि कारबाहीको माग
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौंको त्यौड माध्यमिक विद्यालयका प्रधानााध्यापकमाथि संविधान र कानूनले नै प्रत्यभूति गरेको महिलाको मातृत्व र प्रजनन् स्वास्थ्यको हक विपरित कार्य गरेको आरोपमा कानून बमोजिम दण्ड सजाय गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले संविधानले नै प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक तथा कानूनले प्रत्येक महिलालाई प्रसुतीकर्मीबाट आवश्यक परामर्श गर्ववती तथा प्रसुती सेवा पाउने अधिकार दिएको बताए।
सरकारी, गैरसरकारी वा नीजि क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछाडि कम्तिमा ९८ दिनसम्म तलबसहित प्रसुती विदाको अधिकार दिएको र त्यो नपुग भएमा विज्ञचिकित्सको रायमा एकवर्षसम्मको वेतलवी विदाको हक हुने व्यवस्था गरेको उनले बताए।
तर, त्यसको विपरित काठमाडौंको त्यौड माध्यमिक विद्यालयमा अध्यापनरत एक शिक्षिकाले चिकित्सकको राय अनुसार आराम गर्नु पर्छ भनेपछि पटक पटक विदाको माग गर्दा पनि प्रधानाध्यापकले विदा नदिइ उल्टो मानसिक यातना दिँदा शिशु गुमाउनु परेको भन्दै थापाले महिलामाथिको सामाजिक विभेद गम्भिर रहेको बताए।
‘काठमाडौंमै विद्यालय जस्तो ठाउँ जहाँ अरुलाई सिकाउनु पर्ने ठाउँमा प्रधानाध्यापकबाट यो व्यवहार हुन्छ भने दूरदराजको ठाउँमा कस्तो हुन्छ भन्ने हामी अनुमान गर्न सक्छौँ। यो अवस्थालाई बदल्ने सरकारसँग मौका छ। कानून नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रवाह गर्नका निम्ति यो अपराध गर्ने प्रधानाध्यापकलाई दण्ड दिन माग गर्दछु,’ उनले भने।
केही हप्ता अघि एक गर्भवती शिक्षिकाले स्कूलबाट विदा नपाउँदा आफ्नो शिशु गुमाउनु परेको थियो।
https://www.facebook.com/himaldainik/videos/656264971449738/?t=0
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय