हिमाल दैनिक
पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update