केसी समर्थकद्वारा सरकारी गाडी चल्नमा रोक
डडेल्धुरामा गई अनसनमा बसेका डा गोविन्द केसीका समर्थकले आज डडेल्धुरामा आज सरकारी सवारी साधनमा रोक लगाएको छ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा केसी १७ औं पटक अनसनका लागि डडेल्धुरा पुगेका थिए। सातौँ दिनसम्म पनि सरकारी पक्षबाट कुनै सुनुवाई नभएको भन्दै आइतबार डडेल्धुरामा सरकारी नम्बर प्लेटमा रोक लगाइएको डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्ट बताउँछन्।
भट्टका अनुसार आज बिहान ८ बजे देखि साँझ ४ बजेसम्म सरकारी गाडी तथा मोटरसाइकलमा रोक लगाइएको हो।
संघले बागबजारमा रहेका पसलहरु दिउँसो १ः३० वजे देखि २ः३० बजेसम्म बन्द गर्न निर्णय गरेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय