प्रचण्डविरोधी नारा लिएर पोखराका जेष्ठ नागरिक सडकमा, भनेः ‘बृद्ध विरोधी प्रचण्ड मुर्दावाद!’

कास्कीको सदरमुकाम पोखरामा बिहिबार जेष्ठ नागरिकहरुको एउटा समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालको विरुद्धमा विरोध प्रदर्शन गरेका छन्।
आसन्न उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन बुधबार पोखराको नयाँ बजारमा आयोजित कार्यक्रममा दाहालले विपक्षी दलका उम्मेदवार खेमराज पौडेललाई ७७ वर्र्षको देवघाट गएर ध्यान र ज्ञान सिक्ने उमेरमा किन चुनावी मैदानमा उत्रिएको भनि गरेको भाषणको विरोधमा स्थानीय जेष्ठ नागरिकहरु (बृद्धबृद्धा) समूहले विरोध जनाएको हो।
https://www.facebook.com/himaldainik/videos/561410641308958/
पोखरा महानगरपालिका बगरका एक स्थानीय युवा अमृत श्रेष्ठले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको उक्त समूहको फोटोमा जेष्ठ नागरिकहरुको समूहले स्वस्फूर्त रुपमा एफो साइजको पेपरमा नारा लेखी आफ्नो आगडि राखेर चिप्लेढुंगामा केहीबरे मौन प्रदर्शन गरेका थिए।
उनीहरुले ‘बृद्ध, बृद्धलाई अपमान किन?, तपाई पनि एक दिन बृद्ध हुनुहुन्छ, बृद्ध विरोधी प्रचण्ड मुर्दावाद, बृद्धलाई सम्मान गर्न सक्दैनौं भने अपमान पनि नगर’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए।
फोटा सार्वजनिक गर्र्ने श्रेष्ठका अनुसार, अपरान्ह करिब दई ढाइसयको संख्यामा जेष्ठ नागरिकहरुको समूह निस्किएर दाहालको अभिव्यक्तिको विरोध गरेका थिए।
‘हामीले घर र समाजमा आफन्तबाटै कतिपय अवस्थामा अपहेलित भएर बस्नु परिरहेको बेला प्रचण्ड जस्तो राष्ट्रिय नेताले अपमान गर्दै बृद्धबृद्धा देवघाट जाउ भन्ने अभिव्यक्तिले चित्त दुःखेपछि हामीहरु त्यसको विरोधमा उत्रिएका हौँ,’ आफूसँग जेष्ठ नागरिकहरुले भनेको भनाई उद्रित गर्दै उनले भने।
दाहालले बुधबार चुनावी सभालाई सम्बोधन गर्नेक्रममा कांग्रेसका नेता गगनकुमार थापाले संसदको एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा आराम गर्नुहोस्’ भनि दिएको अभिव्यक्ति उल्लेख गर्दै दाहालले ६५ वर्षको जवान प्रधानमन्त्रीलाई आराम गर भन्नेहरुले विचरा ७७ वर्षको बृद्ध जो देवघाट गएर ध्यान र ज्ञान सिक्नु पर्नेलाई उम्मेदवार बनाएको भन्दै आलोचना गरेका थिए।
दाहालको उक्त अभिव्यक्तिले पोखराको चुनावी माहोलमात्र होइन देशभरीकै सामाजिक सञ्जालमा विशेष स्थान पाएको थियो।
जसको जवाफमा खेमराज पौडेलले दाहाललाई मंसिर १४ पछि संसद भवनमै भेट्ने र यदि जानै परे सँगै त्यसपछि देवघाट जाने बताएका थिए।
https://www.facebook.com/himaldainik/videos/761699490959034/?t=0
यस सम्बन्धि थप समाचारहरु:
- हो ची मिन्ह र माओका चेला दाहाललाई बी.पी. चेला खेमराजको जवाफ…(भिडियो सहित)
- दाहाललाई खेमराजको जवाफः देवघाट होइन, मंसिर १४ पछि संसद भवनमा भेट हुन्छ
- कांग्रेसका खेमराजलाई देवघाट जान भन्दै नेकपाका अध्यक्षले दाहालले गरे जेष्ठ नागरिकको घोर अपमान (भिडियो सहित)
- खेमराज पौडेल र विद्या भट्टराईः को पूँजीवादी को साम्यवादी?
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय