कपिलवस्तुको कृष्णनगरमा गोली चल्दा एक युवकको मृत्यु, कर्फ्यु आदेश जारी

कपिलवस्तुको कृष्णनगरमा स्थानीयवासीबीच भएको झडप पश्चात स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ।
लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयमा स्थानीय समुदायबीच बुधबार साँझदेखि नै विवाद उत्पन्न भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार, विवादले बिहीबार बिहान थप उग्र रुप लिएपछि स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोलीलागेर एक स्थानीय युवकको मृत्यु भएको हो।
कृष्णनगरको स्थिति थप तनावग्रस्थ हुन नदिन जिल्ला प्रशासनले कर्फ्युको आदेश जारी गरेको हो।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय