नेपालगन्जलाई महानगरपालिका बनाइने

नेपालगगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन आवधिक योजना र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने तयारी भएको छ ।उपमहानगरपालिकाको नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले महानगरपालिकाका लागि आवधिक योजना र डिपिआर तयार गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको उक्त बैठकले नगरभित्रका सबै घरपालुवा पशु चौपायामा ट्याग लगाउन घरधुरी सर्वेक्षण गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी खुला सिमानाका कारण भारतबाट भित्रिने छाडा पशुचौपाया नेपालगन्जका लागि ठूलो समस्या बनेकाले त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रदेश नं ५ सरकारसँग अनुरोध गर्ने र अस्पतालजन्य फोहर व्यवस्थापन कार्यक्रमअन्तर्गत फोहर उत्पादनको मात्रा यकिन गर्न जिआइजेडसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले महानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधारसहित स्रोत खोजी गरी आवधिक योजना आगामी नगरसभामा पेश गरिने जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय