हिमाल दैनिक
साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
pradesh 5 kanun mantri kulprasad kc
प्रदेश नं ५ को प्रदेशसभाले आज साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको थियो । यसअघि सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले उक्त प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोेधन गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गरेका छन् । यसअघि उक्त बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा सदस्यहरू फकरुद्धिन खाँ, कल्पना पाण्डे र भुवनेश्वर चौधरीले क्रमशः लुम्बिनीमा पूर्वाधार र सम्भाव्यता हुँदाहुदै पनि लुम्बिनी विश्वविद्यालयले एलएलवीको अध्यापन बुटवलमा गराउनुपर्ने बाध्यताबारे सरकारको धारणा आउनुपर्ने, लुम्बिनीको महत्वलाई सरकारले बुझ्न नसकेकोे, मदिरा नियन्त्रणका लागि सरकारले मापदण्ड बनाउन आवश्यक रहेको तथा दलित महिलामाथि विभेद गर्ने क्रम नरोकिएको र राष्ट्रिय जनावर गाई मार्ने आपराधिक तत्वलाई पत्ता लगाएर कारवाही गर्न माग गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update