हिमाल दैनिक
करेन्ट लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरकाअनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् । आफ्नै घरमा मोटर लगाएर कुवाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update