हिमाल दैनिक
स्कूलबसको ठक्करबाट बालिका मृत्यु
sabhamukh-mahara-1
नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो । विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update