हिमाल दैनिक
साथीलाई छुरा प्रहार गर्ने पक्राउ
mahara in court
आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमो छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update