डुबेर बालकको मृत्यु
तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।
साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय