आलमलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति, आलम भन्छन्ः फसाउँने षडयन्त्र भयो
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम विष्फोटन गराएर सर्वसाधारण व्यक्तिको हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कांग्रेस सांसद मोहम्मद आफताफ आलमलाई रौतहट जिल्ला अदालतले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
करिब १२ वर्ष पहिले बम विष्फोटनमा परी घाइते भएका २२ जना सर्वसाधारणलाई जलाएर मारेको आरोपमा केहीदिन अघि पक्राउ परेका आलमलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश चाणकमणी अर्यालले अनुमति दिएका हुन्।
यसअघि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपनि प्रहरीले अनुसन्धानको क्रम नसकिएको भन्दै म्याद थपको माग गरेपछि सरकारी वकिल खडिण्द्रराज कटुवालको वहस र माग दाबी अनुसार न्यायाधीश अर्यालले अनुमति दिएका हुन्।
आलममाथि सरकारी पक्षले वम विष्फोटनको विषयलाई जोडेर हातहतियार तथा खरखजना विष्फोटन तथा जीवित घाइतेको ज्यान मारेको आरोप समेत थप गरेको छ।
जिल्ला अदालतमा पुर्याउँदा सक्षिंप्त प्रतिक्रिया दिँदै आलमले आफूलाई हुँदै नभएको घटनाको विषयमा आरोप लगाएर फसाँउने प्रपञ्चमा राज्य लागेको दाबी गरे।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय