ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती पुल नजिकै आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०२–०००१ त नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स११प ४६३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दुर्गेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा मोटसाइकलमा सवार कृष्णा मुखिया घाइते भएका छन् । उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय