हिमाल दैनिक
कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स.१च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update