वीरगन्जमा १५ वर्षिया छात्रामाथि एसिड प्रहार

वीरगन्जमा एक १५ वर्षिया छात्रामाथि एसिड प्रहार भएको छ। रेशमकोठीस्थित त्रिभुवन उच्च मावी कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे एसिड प्रहार भएको हो।
एसिड प्रहारबाट गम्भीर घाइते भएकी छपकैया २ निवासी १५ वर्षीय खातुनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।
प्रहरीका अनुसार उनलाई गाउँकै दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरी भागेका थिए।
छात्राको एसिड प्रहारले शरीरको एक भाग पुरै जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाति र पाखुरामा गम्भीर घाउ लागेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न छपकैया निवासी संसाद मियालाई प्रहरीले पक्राउ गरिसकेको छ। थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको वीरगन्ज प्रहरीले जनाएको छ।
यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गरेका छन्।
वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले जानकारी दिए।
घाईते छात्रालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय