नेकपाको चुनावी सभा नजिकै पाेखरामा दिनदहाडै बम विष्फोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा नजिकै वम अज्ञात समूहले बम विष्फोट गराएको छ।
पोखराको नयाँ बजार नजिकै रहेका प्रदर्शनीस्थलमा नेकपा नेता सुवासचन्द्र नम्ेवाङले चुनावी सभालाई सम्बोधन गरिरहँदा १२ः४८ मिनेटमा सभास्थल नजिकै रहेको पार्किङस्थलमा बम विष्फोटन भएको स्थानीय पत्रकारले बताए।
ठूलो आवाजका साथ भएको विष्फोटनबाट कुनै मानविय तथा भौतिक क्षति नभएको र नेकपाको कार्यक्रम जारी रहेको बताइएको छ।
सोमबार बिहान पोखराकै वडा नम्बर १७ मा ३३ का वडाअध्यक्षको पार्किङ गरिराखेको गाडीमा पनि अज्ञात समूहले बम विष्फोटन गराई क्षति गराएको थियो।
घटना पश्चात सुरक्षाकर्मीले दोषीको खोजिकार्य सुरु गरेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय