हिमाल दैनिक
चितुवा मृत अवस्थामा फेला
damauli leopard
जिल्लाको ब्यास नगरपालिका–१ मुसेखोलामा आज चितुवा मृत अवस्थामा फेला परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुसेखोला नजिकैको खेतमा मृत अवस्थामा चितुवा फेला परेको हो । मृत अवस्थामा चितुवा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । सात÷आठवर्षको भाले चितुवा चोटपटक लागेर मरेको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “चितुवाको ढाड भाँच्चिएको छ,” बरालले भने, “सवारी साधनले ठक्कर दिएको हुनसक्छ ।” करीब ५० केजी तौलको उक्त चितुवाको छाला काटेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ भने शरीर वन कार्यालयको हाताभित्र नै खाडल खनेर गाडिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । मङ्सिर २ गतेमात्र ब्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा चितुवाको डमरु मृत अवस्थामा फेला परेको थियो । जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ । भानु नगरपालिकामा डेढवर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update