हिमाल दैनिक
विद्या भट्टराईको यो फोटोले सम्झायोः 'काँचो सुन्तला' भन्ने बोलको लाेकगीत
bhattrai kc
आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य तर्फ कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराई बिहीबार एकाएक सामाजिक सञ्जालमा छाएकीछिन। निर्वाचन आयोगको कार्यतालिका अनुसार, पोखराको राष्ट्र बैंक नजिकै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि बिहीबार अपरान्ह पुगेकी भट्टराईको एउटा फोटोले नै उनलाई चर्चाको शिखरमा पुर्यायो। पूर्व सांसद रविन्द्र अधिकारीकी विधवा विद्याले मनोनयन दर्ता गर्न जाने क्रममा खैरो कोटमाथि सयपत्री फूलको मालाले सजिएर वरपर रहेका सर्वसाधारणलाई नमस्कार गर्दै हिँडेकी छिन्। जहाँ उनको पछिपछि एकजना युवक भट्टराईको व्याग लिएर मोबाइलमा कुरा गर्दै हिँडेका छन् भने अर्कोपट्टी अर्का सहयोगीले कागजात लिएका छन्। सामान्य रुपमा हेर्दा फोटो आफैँमा चर्चाको विषय बन्ने कुरा होइन। तर, उक्त फोटोमा उम्मेदवार भट्टराईले आफ्नो व्याग समेत आफैँले नबोकेर अर्को युवकलाई बोकाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। पछिल्लो समय नेपालका उच्चपदस्थ पदाधिकारीहरुले कहिले जुत्ता, कहिले झोला त कहिले छाता सुरक्षाकर्मी र सहयोगीलाई बोकाएर हिँडेकोमा आक्रोसित हुँदै सामाजिक सञ्जालमार्फत आलोचना गर्ने जमातका लागि विद्या भट्टराईको आजको यो तस्वीरले थप सशंकित बनाएको छ। जुन फोटो देखेपछि कुनै बेला नेपाली लोक संगीतमा हेमन्त कान्छा र विमाकुमारी दुराले गाएको अत्यन्त लोकप्रिय एउटा गीत थियोः काँचो सुन्तला, नटिप्दै सानु यो चाला टिपे कुन चाला। सांसदको उम्मेदवार बन्न जाँदै गर्दा त अरुले नै झोला बोकिदिनु पर्ने विद्या भट्टराईले सांसद भएपछि के के देख्नु पर्ला? कौतहलताको विषय बनेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update