हिमाल दैनिक
बाग्लुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन, ठूलो संख्यामा स्थानीयवासी लाभान्वित
IMG_5073
प्रदेश नम्बर ४ को पहाडी र हिमाली क्षेत्रमा फैलिएको बाग्लुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। दुर्गम र ग्रामिण क्षेत्रमा रहेर विविध कारणवस उपचार गराउन नसकेका सर्वंसाधार नागरिकहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो। शिविरमा ताईवानी, पोखरा स्थित गण्डकी अस्पताल, हिमालय आँखा अस्पताल र धौलागिरी अस्पतालका १ सय ५० जना चिकित्सकहरुले सेवा उपलव्ध गराएका थिए। रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान चीन तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ र धौलागिरी अस्पताल बागलुङको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो। आर्थिक रुपले कम्जोरी रहेका र प्रत्यक्ष रुपमा स्वास्थ्य उपचार गराउनबाट बञ्चित रहेकाहरुलाई यो शिविरले ठुलो सहयोग पुगेको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए। निःशुल्क बृहत स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी बिरामीले उपचार सेवा लिएका थिए। उपचार गराउन नसेकर घरगाउँमा नै बसेको अवस्थामा आफनै जिल्लामा बिदेशी डाक्टरसहितको टोली आएपछि स्वास्थ्य परिक्षण गराउन लाइनमा बसेको जैमिनी नगरपालिकाकी मोतिलाल गौरेले बताए। शिविर दुई दिनसम्म संचालन हुनेछ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update