हिमाल दैनिक
पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update