हिमाल दैनिक
प्रदेश प्रमुख कोइराला: दुई विधेयक प्रमाणीकरण
anuradha koirala
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेकी छिन् । नेपालको संविधानको धारा २०१९२० बमोजिम उहाँले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए । ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update