हिमाल दैनिक
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दशैंको चाड मनाउन घर गएर फर्किने यात्रुहरुको चापका कारण बसमा रहेका करिब ५० जना भन्दा बढी यात्रु घाइते रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। पत्रकार भुवन थापाका अनुसार, दुर्घनामा परि गम्भिर घाइते भएका यात्रुहरुलाई तत्काल उद्दार गरी काठमाडौं उपचारका लागि पठाउन हेलिकप्टरको माग गर्दै गृहमन्त्रालयसँग आग्रह गर्दा पनि प्रक्रिया मिलाउने क्रम जारी रहेको भन्दै एकघण्टासम्म कुनै चासो नदेखाएको बताएका छन्। राष्ट्रिय समाचार समितिका अनुसार घटनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। काफ्लेका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ। थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। स्थानीयवासीका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने राससले बताएको छ। स्काभेटर ल्याएर उद्धार गर्न लागिएको लगिएको बताइएको छ।।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update