हिमाल दैनिक
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा आज अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा२ख ६५८५ नंको यात्रुवाहक बसले ठक्कर दिँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का हेमबहादुर घलेको तीन वर्षीया छोरी प्रेरणा घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update