नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीले सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते बनाउने गिरोहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवैध रूपमा नक्कली कागजातहरू बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गरीरहेको भन्ने सूचनाको आधारमा काठमाडौंका विभिन्न स्थानमा रहेको फोटो स्टुडियोमा छापा मार्दा सरकारी कागजात किर्ते गर्ने गिरोहलाई पक्राउ गरको जनाएको हो ।
पक्राउ पर्नेममा ओखलढुंगाको ३४ वर्षीय सविन कुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अर्मत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडी रहेका छन् । पक्राउ परेका मध्ये सविन कुमार श्रेष्ठ फोटो स्टुडियोमा आबद्ध छन् भने अमृत स्टार डिजिटल फोटो स्टुडियो र मधुसुदन दुवाडी डिजिटल फोटो स्टुडियोको सञ्चालक रहेको सिआइवीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरी प्रधान कार्यालयकै लेटर प्याडमा तयार भएको रिपोर्ट, प्ल–टुको ट्रान्सक्रिप्ट, स्पेशल टाक्स फोर्स, सुुरक्षा तालिम पत्र, हातहतियार तालिम पत्र, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयहरूको शैक्षिक प्रमाणपत्र लगायतका विभिन्न सामग्रीहरू बरामद गरिएको सिआइबी प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।
त्यसैगरी नेपाल आर्मीले प्रदान गरेको पत्र, जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्र, काठमाडौं महानगरपालिकाको सहिछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयहरूको लेटर प्याडहरूमा लेखिएको पत्र, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थाइ लेखा नम्बरको प्रमाणपत्र लगायतको सामग्री बरामद भएको सिआइवीले जनाएको छ । पक्राउ परेकामाथि म्याद थप गरि अनुसन्धान गरिने पाण्डले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय