हिमाल दैनिक
लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यसअघि प्रहरीचौकी झाझपट्टिबाट खटिएको गस्ती टोलीले मङ्गलबार चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी ४६ बोतलसहित जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका–१ निवासी २३ वर्षीय रन्धिर यादवलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update