हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगी उनकाे शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। चुनावी सभामा सम्बोधन गर्न मंगलबार धरान पुगेर आजै बिहान फर्किएका कांग्रेस सभापति देउवाले बुधबार अपरान्ह आफ्नो फेसबुकमार्फत दिएको जानकारी अनुसार, शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराई रहेका प्रधानमन्त्रीको बारेमा आफूले उपचारमा संलग्न चिकित्सकहरुसँगबाट जानकारी लिएको र उनको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको बताए। ‘शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको स्वास्थ अवस्थाका बारेमा आज अस्पताल पुगेर जानकारी लिएँ।चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ।म उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछु,’ देउवाले आफ्नो स्टाटसमा भनेका छन्। मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मृगौलाले राम्रो काम नगरेपछि यसअघि चारपटक हेमाडायलाइसिस गराएका थिए। उनलाई मंगलबार बिहानै पेट दुखेर समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गराइएको थियो। जहाँ चिकित्सकहरुले उनको एपेन्डिसाइटिस्को तत्काल शल्यक्रिया गरेका थिए। उनको पेटमा भएको संक्रमणको कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update