आगोबाट जलेर महिलाको मृत्यु
धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय