हिमाल दैनिक
विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)को साधारणसभा बोलाइएको छ। वर्षमा दुई पटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। त्रिविको उपकुलपतिमा गत महिना प्रा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए। यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिने भएको छ। सभामा कार्यकारी परिषद्का लगि मनोनित हुनुुभएका विनोद पराजुली, डा राजेन्द्रप्रसाद पौडेल, प्रा डा डा रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ। उनिहरुलाई त्रिवि परिषद्ले पहिल्यै नै मनोनित गरेपनि सभाबाट अनुमोदन भएको थिएन ।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update