प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका हनु्। थापाले आफ्नो ट्वीटरमार्फत दिएको जानकारीमा प्रधानमन्त्रीको चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरिरहेका छन्।
अस्पताल स्रोतका अनुसार, प्रधानमन्त्रीको एपेन्डीसाइटिस्मा समस्या देखिएपछि उपचारका लागि गएका हुन्।
भदौ पहिलो साता सिंगापुरमा गएर प्लाज्माफेरोसिस गरेर फर्किएका ओलीको प्रत्यारोपण गरिएको मृगौलाले आवश्यकता अनुसार काम गर्न नसकेपछि कार्तिक १२ गते उनी राजधानीको ग्राण्डी इन्टरन्यास्नल अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा दुई दिनको अवधिमा दुई पटक हेमोडायलाइसिस गरेर फर्किएका ओलीको दोस्रोे पटक मृगौला प्रत्यारोपणको चर्चा चलेको थियो। तर, त्यसका लागि स्वदेशभित्रै प्रत्यारोपण गर्ने कि विदेशमा जाने भन्नेबारे निर्णय नहुँदा ओलीको दुई हप्ताको बीचमा थप दुई पटक डायलाइसिस गरिएको थियो। पछिल्लो पटक ओली आइतबार डायलाइसिस गरी फर्किएका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय