गंगालाल अस्पतालमा ४ घण्टादेखि डाक्टर नआउँदा इमर्जेन्सीका विराम आक्रोसित

मुटु सम्बन्धि रोगको विशेष उपचार हुने सरकारी अस्पताल गंगालाल अस्पतालमा अस्पताल व्यवस्थापन र चिकित्सकको लाहप्रवाहीले सर्वसाधारण सेवाग्राहीेले सास्ती व्यहोर्नु परेको गुनासो आएको छ।
अस्पतालका सामान्यदेखि गम्भीर कमजोरीमा सर्वसाधारणले सास्ती व्यहोर्दा खासै गुनासो गर्ने कमै हुन्छन्। तर, जब राज्यका विभिन्न निकायमा रहेका पदाधिकारी पर्छन् तब यी र यस्ता घटनाले सामाजिक सञ्जालमा चासो विषय बन्ने गर्दछ।
यस्तै भएको छ शनिबार साँझ। शनिबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रिय सभामा कांग्रेसका सांसद रमेशजंग रायमाझी वाँसवारीस्थित गंगालाल अस्पताल पुगे। साँझ साढे ८ बजेतिर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन पुगेका रायमाझीले मध्यरात हुन लाग्दा कापनि स्वास्थ्य परिक्षणका लागि चिकित्सक नआएपछि मिडियाको सहायता खोेजे।
राती साढे ११ बजे फोनमार्फत सांसद रायमाझीले भने, तीन घण्टादेखि इमर्जेन्सीमा मुटुका विरामी कुरीबसेका भएपनि अहिलेसम्म कुनै चिकित्सक आएनन्।
तीन घण्टाको कुराइका क्रममा रायमाझीले अस्पतालमा रहेका चिकित्कको खोजी गरे। तर, अन्तिममा सुरक्षागार्डले आजको ड्युटीमा डाक्टर विवेक वानियाँ खटिएको भएपनि उनी विरामीको स्वास्थ्यजाँचमा नआएको जानकारी दिए।
सुरक्षा गार्डका जानकारी अनुसार, वानियाँ ड्युटीमा खटिएको अधिकांश समय विरामीले समस्या व्यहोर्नु परेका गुनासो सेवाग्राहीले गर्दै आएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय