हिमाल दैनिक
युवामाँझ पूर्व राजाको क्रेज (भिडियो सहित)
75398300_561962371272881_8012614403855745024_o
पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवार नाइट क्लबमा नाचेको फोटो सामाजिक संजालमा भाइरल भएको छ। ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो सार्बजनिक भएपछि एक चोटी फेरी शाह चर्चाको बिषय बनेका छन्। उक्त र भिडियो फोटो शनिबार रतिको हो जसमा पूर्वराजा ज्ञानेन्द्र, छोरी प्रेरणा, बुहारी हिमानी संग लर्ड अफ द ड्रिंक(एलओडी) पुगेका थिए। एलओडी पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई युवाहरुले भब्य रुपमै स्वागत गरे। एलओडीले सार्वजनिक गरेको भिडियोमा उनले सबै युवाहरुलाई अभिवादन गर्दै डान्स फ्लोरमा गई युवा-युवतीहरुसंगै नाचेको देखिन्छ। उनीले सहभागी युवा-युवतीहरुसंग अंगालो हाल्दै सेल्फी खिचेको देखिन सकिन्छ । [gallery link="file" size="medium" ids="77726,77727,77728,77729,77730,77731,77732,77733,77734,77735,77736" orderby="rand"] एलओडीले सार्वजनिक गरेको भिडियोमा नेपथ्यको 'रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो' बोलको गीतमा ज्ञानेन्द्र, उनकी बुहारी, छोरी लगायत सबै युवा-युवतीहरुसंग अंगालो मार्दै नाचेको देखिन्छ। करिब डेढ घण्टा क्लबमा बिताएका शाहको त्यो रमाइलो अन्दाजलाई अहिले सामाजिक संजालमा चर्चामा छ। कसैले उनलाई खुलेर प्रशंसा गरेका छन् भने कसैले यसको बिरोध गरेका छन् https://www.facebook.com/LOD.LordOfTheDrinks/videos/2659592027467411/?t=1
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update