मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
काठमाडौँको बानेश्वरमा आज बिहान मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ।बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल बानेश्वरको सडकमा रहेको डिभाइडरमा ठोकिदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ।
दुर्घटनामा परेका रोकायको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवार प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय