हिमाल दैनिक
सशस्त्र प्रहरीद्वारा वडादशैंको अवसरमा निःशुल्क बस संचालन
nepal police
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले बडादशंैको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो । काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए। उनका अनुसार सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने छ । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालसँग रहेका २ वटा बसहरु संचालनमा ल्याइएको उपरीक्षक छतकुली बताउछन् ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update