अर्घाखाँचीमा कार दुर्घटना: एकै घरका तीनजनाको मृत्यु

अर्घाखाँचीमा आज बिहान कार दुर्घटनामा परि एकै घरका तीनजनाको मृत्यु भएको छ।
बुटवलबाट अर्घाखाँची सदरमुकाम सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।
कार दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देही सैनामैना गाँउपालिकाला ८० बर्षिय दुर्गा देवी खड्का, ४३ बर्षका भक्तबहादुर खड्का , र ३९ बर्षीय किरणबहादुर खड्का रहेका छन्। दुई जनाको घटना स्थलमै र एक जनाको उपचारका लागि स्वास्थ्य केन्द्र ठाडा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। कारमा सवार अन्य दुई जनाको ठाडा स्वास्थ्य केन्द्रमा नै उपचार भईराखेको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय