असार मसान्तभित्र कर चुक्ता गर्न ललितपुर महानगरपालिकाको आग्रह
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको घर बहाल कर, सम्पत्ति कर, मालपोत, व्यवसाय कर आगामी असार मसान्तभित्र चुक्ता गर्न सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेको छ।
महानगरको राजश्व प्रशासन महाशाखाले हालै एक सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७६ वमोजिम चालु आर्थिक वर्ष ०७६/०७७ को घर बहाल कर, सम्पत्ति कर, मालपोत, व्यवसाय कर ०७७ असार मसान्तभित्र चुक्ता गर्नु पर्ने बताएको छ।
कर सम्बन्धी जरुरी सूचनामा महानगरपालिकाले तोकिएको मितिभित्र कर चुक्ता नगरेमा थप १५ प्रतिशत जरिवाना लाग्ने जानकारी पनि दिएको छ।
साथै चालु आर्थिक वर्ष २०७६/०७७ को मालपोत, सम्पत्ति कर, व्यवसाय कर ०७६ आश्विन मसान्त भित्र चुक्ता गर्ने सेवाग्राहीको हकमा १० प्रतिशत छुट दिएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय