आलमविरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय रौतहठले कांग्रेस सभासद महोमद अफताब आलम सहित एघार जना बिरुद्ध आज मुद्दा दायर गर्दैछ। १२ बर्ष अगाडी बम बनाउँदा बिष्फोटमा परि घाइते भएकालाई ज्युदै ईटा भट्टामा हालेर मरेको अभियोगमा आलम सहित एघार जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो।
जिल्ला सरकारी वकिलको कार्यलयले आलम सहित एघार जनालाई सर्वस्वसहित जन्मकैदको माग दाबी गर्दै मुद्दा दायर गर्ने तयार गरेको हो।
अपराधका सम्पूर्ण प्रमाण सहित मुद्दा दायर गर्ने तयारी कार्यालयले गरेको हो। प्रहरीले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा बिस्फोटक पदार्थ राखेको भनि तीनओटा मुद्दामा अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यलयमा रायसहितको प्रतिवेदन शुक्रबार पेश गरेको थियो। आलम बाहेक अन्य दश जना फरार रहेको प्रहरीले बताएको छ। आमलका भाई शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन र गौरीशंकर साह फरार रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय