हिमाल दैनिक
त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो । प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् । उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा उपाध्यायले बताए। यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update