हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बुधबार राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएका छन्। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिए लगत्तै बुधबार ओली स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेपनि उनलाई अहिले आइसियुमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ। ओलीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री सचिवालय र अस्पतालले कुनै औपचारिक जानकारी भने दिएको छैन। करिब १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओली भदौको पहिलो साता सिंगापुरमा गएर प्लाज्माफेरेसिस गरी तेस्रो साता नेपाल फर्किएका थिए। त्यसपछिका दिनमा पनि स्वास्थ्यमा पूर्णरुपले स्वस्थ नभएपनि देशको शासन प्रशासन संचालनदेखि चिनिया राष्ट्रपतिको नेपाल भ्रमण र बाकु भ्रमणमा व्यस्त रहेका प्रधानमन्त्री ओलीले पर्याप्त आराम लिन नपाउँदा उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिन सकेको थिएन।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update