वाणिज्य महासङ्घले कुरुवा घर निर्माण गर्ने

नेपाल उद्योग वाणिज्य महासङघले कान्तिबाल अस्पतालमा उपचार गर्न आउने बालबालिकाका अभिभावकलाई बस्न कुरुवा घर निर्माण गरिदिने भएको छ ।
यससम्बन्धी सम्झौतमा महासङ्घका अध्यक्ष भवानी राणा र अस्पतालका कार्यकारी निर्देशक डा आरपी विच्छाका बीच शुक्रबार सम्झौता भएको महासङ्घले जनाएको छ । कुरुवा घर के कति लागतमा निर्माण हुने भन्नेबारे महासङ्घले केही जनाएको छैन ।
महासङ्घका अध्यक्ष राणाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कुरुवा घर निर्माण गर्न सहयोग गरिएको हो भन्नुभयो । अस्पतालमा निर्देशक डा विच्छाले अस्पतालको सेवालाई विस्तार गर्न लागिएको जानकारी दिँदै कुरुवाघर निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय