हिमाल दैनिक
गोरखा बाट ल्याइएको फूलपाती हनुमानढोका भित्र्यायो(भिडियो सहित)
hanumandhoka fulpati himal-dainik
दशैंको सातौं दिन शनिबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ ।

उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ । यसैक्रममा गोरखाबाट ल्याइएको फुलपाती विधिपर्वक हनुमानढोका दरबारमा भित्राइएको छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती हनुमानढोका भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती हनुमानढोका पुराइएको थियो । घटस्थापनाका दिनदेखि दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीको दिनदेखि शुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म दशैंको सार्बजनिक विदा हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दशैंको टीका थाप्न जाने क्रम बढेको छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ । https://www.facebook.com/himaldainik/videos/1635583696566837/
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update