हिमाल दैनिक
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एसिड आक्रमणबाट पीडित भई उपचारfरत मुस्कान खातुनलाई भेटी दोषीलाई कडा कारवाही गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियुमा रहेकी पर्साकी खातुनलाई भेट्न पुगेका मन्त्री यादवले निर्दोष बालिकामाथि गरिएको आक्रमण ठूलो अपराध भएको विचार व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै यस्ता खालका अपराधमा सङ्लग्नलाई हदैसम्मको कारवाही गरिने विश्वास व्यक्त गर्दै मन्त्री यादवले घटनालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नगराउन आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले पनि दोषीलाई कानून बमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गरिने विश्वास व्यक्त गरे । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज–१३ श्रीपुर निवासी १५ वर्षीया खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको हो । खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update