गौ हत्या र कुकुर हत्या विरुद्ध माइतिघरमा विरोध प्रदर्शन

सुर्खेत र खोटाङमा सामूहिक रुपमा भएको गौ हत्या र कुकुर हत्या विरुद्ध बिभिन्न संघसंस्थाहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले दुवै घटनाको छानविन गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग पनि राखेका छन् । पशुपंक्षी प्रति गरिने निर्दयिताको अन्तय गर्नुपर्ने, पशुपंक्षिप्रति बिवेशशिल बन्नुपर्ने, दुवै घटनाका दोषीलाई कारवाही गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेर बिभिन्न संस्थाका प्रतिनिधि माइतिघरमा भेला भएका थिए ।
केहि दिनअघि खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको थियो भने नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय