इन्जिन फेल भएको सीता एयरको जहाज भयानक दुर्घटनाबाट बच्यो
सीता एयरको जहाज भयानक दुर्घटनाबाट बच्न सफल भएको छ।
बुधबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन एजेएच कल साइन जहाज दायाँपट्टिको इन्जिन आकासमा उड्दाउड्दै एक्कासी बन्द भएपछि चालकले उक्त विमानलाई आफ्नो दक्षता र अनुभवको माध्यमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले आफ्नो ट्वीटरमार्फत बताएका छन्।
https://twitter.com/acharyajees/status/1169085622583091200
आचार्यका अनुसार, जहाजमा चालन सदस्य बाहेक अरु यात्रु नभएको र चालक दलका सदस्यले उक्त विमानलाई बिहान ८ः५१ बजे आकस्मिक अवतरण गराएका थिए।
उक्त विमान र चालक दलकालाई कुनै पनि क्षति नभएको र यसरी आकस्मिक अवतरणका लागि गरिएको तयार र तालिमले दुर्घटना हुनबाट जहाज बँचेको पनि उनले बताएका छन्।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय