हिमाल दैनिक
भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । आज बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । गीताको घरमा उनको आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा भतिजा मानबहादुरले काकामाथि चिर्पट प्रहार गरेको प्रहरीको भनाइ छ । मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाका आरोपित मानबहादुरको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए । त्यसतै मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति एक ब्यक्तिले आफ्नै ठूलोबुबा र ससुरालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका थियो ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update