हिमाल दैनिक
प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण
NG_Rupandehi
प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमोजिम प्रदेशप्रमुख उमाकान्त झाको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट आयोगका अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका हुन् । [caption id="attachment_68969" align="alignnone" width="2048"] प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई ।[/caption] शपथग्रहण समारोहमा प्रदेश नं. ५ प्रमुख झासहित मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहभागी थिए । शपथग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टराईले आजै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गरेका थिए ।रासस
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update