हिमाल दैनिक
कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण
_YA-Jhapa
झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् । दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताए। उनले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको बताए। पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहेका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।रासस
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update