भोजपुर घटनामा प्रहरी जवानसहित विप्लव समूहका जिल्ला इन्चार्ज मारिए

भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा एक सुरक्षाकर्र्मीसहित विप्लव समूहका जिल्लास्तरिय नेताको मृत्यु भएको छ।
बुधबार बिहान जिल्ला सदरमुकामको हटिया लाइनमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा नेपाल प्रहरीका जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन्।
घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
भिडन्तममा गोली लागेर घाइते भएका प्रहरी जवान सञ्जिव र निरजलाई अस्पताल लगिएको र चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।
उक्त झडपपछि सदरमुकाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विगत केही दिनदेखि सुरु भएको वर्षात आज पनि निरन्तर चलेपछि घटनाको अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय