हिमाल दैनिक
हावाहुरीमा ज्यान गुमाएकाकाे परिवारलाई तरुण दलद्दारा आर्थिक सहयोग प्रदान
69460566_10219145946421618_1898444741050105856_n
चैत १७ गते बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीमा परी निधन भएका ३१ जना स्थानीय पीडितको परिवारलाई नेपाल तरुण दलले आर्थिक सहयोग गरेको छ। तरुण दल अध्यक्ष जितजंग बस्नेतका अनुसार, हावाहुरीका कारण भएको जनधनको क्षति पश्चात आफ्ना संस्थाले गरेको सहयोगको प्रतिबद्धता वमोजिम बिहीबार बारा जिल्ला नेपाली कांग्रेसको कार्यालयमा आयोजित एक कार्यक्रममा पीडितको परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले उपलब्ध गराएको हो। तरुण दल अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्धान गुरुङ आज बारा पुगेर दुई जिल्लामा ज्यान गुमाउने ३१ परिवारका सदस्यहरुलाई दुई जिल्लाका पार्टी नेताहरुको उपस्थितिमा वितरण गरेको बस्नेतले बताए। उक्त सहयोग रकममध्ये तरुण दल अमेरिका शाखाले दुई लाख, तरुण दल दोलखा जिल्ला कार्यसमितिले १ लाख १६ हजार तथा अर्घाृखाँचीका सुरज पोखरेलले १०,००० रुपैयाँ उपलब्ध गराएका थिए।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update